Wednesday, October 18, 2017

वाम गठबन्धनमा सकस: ३ दिनमा सक्नुपर्ने काम २ सातामा पनि सकिएन

कात्तिक, २ असोज । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुगो लगाउन सकेको छैन ।
कार्यदललाई ३ दिनको समय दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले ६०/४० को भागवण्डाको टुंगो लगाउन सकेको छैन ।
कार्यदलमा सहभागी एक नेताका अनुसार लगभग सहमति भएको छ ।
अब शिर्ष नेतासहित कार्यदलका नेताहरु बसेर अन्तिम टुंगो लाग्न बाँकी छ ।
असो १९ गते बसेको शीर्ष नेताको बैठकले ३ दिनभित्र निर्वाचन क्षेत्र बाँडफाँड गर्न निर्देशन दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले क्षेत्रको टुंगो लगाउन सकेको छैन ।
वाम गठबन्धनबाट नयाँ शक्ति बाहिरिएर कांग्रेससँग चुनावी तलमेल गर्ने निर्णय गरिसकेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...