असोज २५,काठमाडौं । नेपालमा एक वर्षको अवधीमा ६६ वटा बाल विवाह भएका छन् ।
केन्द्रिय बालकल्याण समितिले आर्थिक वर्ष २०७३ को साउनदेखि २०७४ असार मसान्तसम्मका विभिन्न सञ्चार माध्यममा प्रकाशित बाल संरक्षणसँग सम्बन्धित घटनाहरु समावेश गरी तयार पारेको प्रतिवेदनमा ७० प्रतिशत बालक र बालिकाले उमेर नपुगि विवाह गर्ने गरेको तथ्य सार्वजनिक गरेको हो ।
समितिले एक वर्षको अवधिमा सञ्चार माध्यममा ६६ वटा बालविवाह भएको घटनाहरु प्रकाशित भएको बताएको छ । बालविवाह विशेष गरी बालक र बालिका दुवै जनाको उमेर नै नपुगी गरिने विवाह हो ।
६६ वटा बालविवाह मध्ये ७० प्रतिशत अर्थात २३ जोडी (४६ जना) बालक र बालिकाले उमेर नै नपुगि विवाह गरेकोे प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी बालिका र वयस्क पुरुषबीच २३ प्रतिशत (१५ जना) विवाह भएको छ भने बालिका र बृद्ध अर्थात अनमेल विवाह ७ प्रतिशत (५ जना) भएको घटना समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यसैगरी बालिका र वयस्क पुरुषबीच २३ प्रतिशत (१५ जना) विवाह भएको छ भने बालिका र बृद्ध अर्थात अनमेल विवाह ७ प्रतिशत (५ जना) भएको घटना समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यस्तै ५२ प्रतिशत बालविवाह अभिभावकले नै गरिदिने गरेकोे समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले सबैभन्दा बढी अभिभावकद्वारा ५२ प्रतिशत (३४ जना) र भागी विवाह ४८ प्रतिशत (३२ जना) भएका बताएको छ ।
३० बालिकाले गरे गर्भपतन
समितिले विभिन्न सञ्चारमाध्यममा प्रकाशित घटनाका आधारमा उमेर नै नपुगि विवाह गर्दा बालिकाको स्वास्थ्यमा समस्या देखापरेपछि ३० बालिकाले गर्भपतन गरेको बताएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ कोे अवधिमा प्रथम चौमासिकमा सबैभन्दा बढी १२ जना बालिकाले गर्भपतन गराएका छन् भने अन्तिम चौमासिकमा १० जना र दोस्रो चौमासिकमा ८ जना बालिकाले गर्भपतन गराएका छन् ।
विश्व स्वास्थ्य संगठनले गर्भपतन गर्ने तोकेको समयावधि भित्र अर्थात सुरक्षित गर्भपतन ५६ प्रतिशत (१७ जना) र उक्त अवधि वाहेक असुरक्षित गर्भपतन गराउने बालिका ३४ प्रतिशत (१३ जना) रहेका छन् ।
यसैगरी १५ वर्षमुनिका २७ प्रतिशत (८ जना) र १६ देखि १८ वर्ष सम्मका ७३ प्रतिशत (२२ जना) बालिकाले गर्भपतन गराएका छन् ।
डोटी जिल्लाको जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आ.व. २०७३÷७४ को साउनदेखि बैसाख महिनासम्म २० वर्षभन्दा कम उमेर समूहका ४७ जनाले गर्भपतन गराएका समितिले बताएको छ ।
डोटी जिल्लाको जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आ.व. २०७३÷७४ को साउनदेखि बैसाख महिनासम्म २० वर्षभन्दा कम उमेर समूहका ४७ जनाले गर्भपतन गराएका समितिले बताएको छ ।
No comments:
Post a Comment