Wednesday, September 27, 2017

दशैको मुखैमा खायो दशाले ,आज साँझ दुर्घटनामा परी दुई जनाको मृत्यु

असोज ११, नवलपरासी , रासस ।। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको (बर्दघाट सुस्तापूर्व) कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी विनयी त्रिबेणी गाउँपालिकाका वर्ष २३ का हेमन्त पराई मगर र मोटरसाइलकमा सवार कावासोती–८ बस्ने वर्ष २६ का दिनेश थापा मगरको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते दुवै जनाको उपचारका क्रममा देवचुली अस्पताल दलदलेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
दुर्घटना भएको मोटरसाइकलमा तीन जना सवार थिए । घाइते एक जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यू ३२ एफ. एन. २७७१ नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ८ प ८३३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...