Wednesday, September 27, 2017

अब साउदी अरेबियामा महिलाले गाडी चलाउन पाउने

असोज १२,२०७४  – साउदी अरेबियामा महिलाले गाडी चलाउन पाउने भएका छन् । महिलालाई गाडी चलाउन अनुमति नभएको विश्वको एक मात्र देश साउदी अरेबियाका राजा सलमानले महिलालाई गाडी चलाउन दिने आदेश जारी गर्नु भएको बिबिसीले जनाएको छ ।

महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र प्रतिवेदन तयार पार्नेछन् । साउदीका महिला तथा अधिकारकर्मीहरुले महिलालाई गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै आएका थिए ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...