९ असोज, कैलाली।।
असल चालचलन, आचरण सुधार र ४० प्रतिशत कैद भुक्तान गरेका ११ जना कैदी बन्दीहरुलाई बडा दशैंको अवसर पारेर कारागार सुरक्षा गार्ड कैलालीले आज रिहा गरेको छ । जसमा एक जना महिलासमेत रहेकी छिन् । उनी बहुविबाह अन्तर्गत जेल जीवन बिताइरहेकी थिइन् ।
कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताएर आज रिहा भएका प्रकाश ओलीले अनजानमा गल्ती गरिएकाले पछुतो लागेको बताउँदै आगामी जीवन सुखमय रुपमा बिताउने बताए ।
त्यस्तै आगजनी मुद्दामा सजाय पाएर रिहा हुँदै गरेका विमलराज पाण्डेले रिसको झोकमा त्यस्तो कार्य गरेको बताउँदै आगमी दिनमा आफ्नो रिसलाई नियन्त्रणमा राखेर सामाजिक कार्यमा अग्रसर हुने बताए ।
कारागार व्यवस्था विभागको असोज ६ गते प्राप्त पत्रलाई आधार बनाएर कैलाली कारागारमा थुनामा रहेका मध्ये १३ जना कैदीबन्दीहरु रिहाईका लागि सिफारिस गरेको थियो । तर कारागार विभागले ११ जना कैदीवन्दीहरुलाई मात्रै रिहा गर्नु भन्ने पत्र आएपछि उनीहरुलाई रिहा गरिएको जेलर पुष्कर खड्काले जानकारी दिए ।

No comments:
Post a Comment